Khabar Samachar

Search
Close this search box.

तनहुँको व्यासमा दीपकराज जोशीका लागि एमालेले मेयर छोड्ने

202
VIEWS

तनहुँको व्यास नगरपालिकामा नेकपा (एमाले) ले पूर्वकांग्रेस नेता गोविन्दराज जोशीका छोरालाई मेयर उम्मेदवारमा सघाउने भएको छ। नेपाली कांग्रेसले कारबाही गरेपछि जोशी अहिले छुट्टै समूह चलाएर बसिरहेका छन्। जोशीका छोरा दीपकराज जोशी सोही समूहबाट व्यासको मेयरमा उठ्दैछन्। कुनै पार्टी दर्ता नगरेका जोशी स्वतन्त्र उम्मेदवार बन्दै छन्। नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पूर्वमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालेमलका विषयमा छलफल चलिरहेको बताए।
‘हामीले जिल्लाभरिकै विषयमा छलफल गरिरहेका छौं।अहिले नै उहाँहरूसँग चुनावी गठबन्धन गर्ने निर्णय भएको छैन,’ उनले भने,’व्यास नगरपालिकामा मेयर उहाँहरूलाई दिने कि हामीले लिने भनेर टुंगो लाग्न बाँकी छ। यसबारे १/२ दिनमा टुंगो लाग्छ। एमाले अध्यक्ष श्रेष्ठले छलफल भइरहेका बेला जोशीले आफूलाई एमालेको समर्थन रहने भन्नु स्वभाविक रहेको बताए। २०७४ को चुनावमा व्यासको मेयर र उपमेयर कांग्रेसले जितेको थियो। मेयर र उपमेयरमा एमाले र माओवादीले तालमेल गरेका थिए। व्यासका १४ मध्ये एउटा वडामा मात्रै एमालेले अध्यक्ष जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित