एमाले नेता महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध गाली बेइज्जती मुद्दा हालेका छन्।
बस्नेतले जिल्ला अदालत भक्तपुरमा प्रसाईंविरुद्ध आफूमाथि सार्वजनिक रुपमा बेइज्जत हुने गरी अभिव्यक्ति दिएको भन्दै गाली बेइज्जती मुद्दा दायर गरेका हुन्। भक्तपुर जिल्ला अदालतका स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले बस्नेतले प्रसाईंविरुद्ध केही दिनअघि मुद्दा दर्ता गरेको बताए।
उनले देश सञ्चारसँग भने, ‘बस्नेतज्यूले केही दिन गाली बेइज्जती मुद्दा दर्ता गर्नुभएको हो। यो मुद्दा दुनियावादी फौजदारी अन्तर्गत दर्ता हुने कानुनी व्यवस्था छ।’ बस्नेतले माग गरेको क्षतिपूर्ति आफूलाई एकीन भएको उनले बताए।
मुद्दा दर्ता भएसँगै प्रसाईंलाई म्याद तामेलीको प्रक्रिया अघि बढेको स्रेस्तेदार पुलामी मगरले जानकारी दिए।
Discussion about this post