Khabar Samachar

Search
Close this search box.

राष्ट्रपति पौडेल मंगलबार जाजरकोट र रुकुम पश्चिम जाने

201
VIEWS

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्पपीडितको अवस्था बुझ्न रुकुम पश्चिम र जाजरकोट जाने भएका छन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार उनी मंगलबार त्यसतर्फ जान लागेका हुन् । आउँदो बुधबारदेखि जर्मनीसहित युरोपको भ्रमणमा जान लागेका राष्ट्रपति पौडेलले जनता दुःखमा रहेका बेला भ्रमणमा नजाने भन्दै युरोप भ्रमण स्थगित गरेका थिए ।

परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर भ्रमण रद्द गरेको जानकारी गराएका पौडेलले जनताको दुःख बुझ्न त्यसतर्फ जाने तालिका बनाएको पौडेलका प्रेस संयोजक खिला कार्कीले सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित