Khabar Samachar

महानगर र उपमहानगरको भागबण्डा भोलिसम्म टुंग्याइने

205
VIEWS

काठमाडौं– सत्तारुढ गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाबारे सोमबारसम्म टुंगो लगाइसक्ने निर्णय गरेका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे टुंगो सोमबार लाग्ने सहमति भएको छ।

‘भोलिसम्म महानगर र उपमहानगरको उम्मेदवार टुंगो लाग्छ,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भन्यो, ‘निर्वाचन तयारी र गठबन्धनका अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय भएको छ।’

प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू आज बिहान छलफल गरेका थिए।

महानगर र उपमहानगरका लागि दाबी गर्दै गठबन्धनमा विभिन्न दलबाट आकांक्षीका नामहरू सिफारिस भएर आउन थालेका छन्।

सत्तागठबन्धनको केन्द्रले महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउने सहमति बनेको थियो। यस्तै गठबन्धनका दलहरूका प्रतिनिधि रहेको प्रदेश र जिल्लामा पनि संयन्त्र बनेका छन्।

पहिले कुन पार्टीले कहाँ उम्मेदवारी दिने भन्ने तय गरिने र त्यसपछि सम्बन्धित पार्टीबाट उम्मेदवारको टुंगो लगाउने तयारी छ।

सत्तागठबन्धनले वैशाख ३० मा हुने स्थानीय चुनावमा ६ महानगर र ११ उपमहानगर भागबन्डा गरी उम्मेदवार उठाउने तयारी गरेका छन्। तर कहाँ कसले उम्मेदवारी दिने निर्णयमा भने सत्तागठबन्धन पुगेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित