Khabar Samachar

स्थगति भयो रेशम चौधरीको मुद्दाको पेसी

202
VIEWS

राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरीबिरुद्धकाे रिटकाे पेसी स्थगित भएकाे छ।

अदालत प्रशासनले न्यायाधीश अभावका कारण पेसी स्थगित भएकाे जनाएकाे छ।

टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुने भनिएकाे थियाे। उनले गत जेठ १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

सर्वोच्च अदालतले समेत दोषी ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको फैसला सदर गरे पनि सरकारले उनलाई कैद माफी दिने निर्णय गरेकाे थियाे।

कडायतले दायर गरेकाे रिटमा पहिलो सुनुवाइ जेठ २३ गते भएको थियो।

गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर नरसंहारका प्रमुख योजनाकार भनिएका रेशमलाल चौधरीलाई बाँकी कैद मिनाहा दिने निर्णय गरेका थिए।

उक्त निर्णयपश्चात् राष्ट्रपति पाैडेलकाे चाैतर्फी आलाेचना हुँदै आइरहेकाे छ।

जन्मकैद भएका चौधरीलाई सरकारले १३ वर्ष कैद मिनाहा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित