Khabar Samachar

काठमाडौको मेयरमा नेपाली कांग्रेसबाट नीलकाजी शाक्यको सम्भावना , उपमेयरमा शुशिला ढकाल

223
VIEWS

नेपाली कांग्रेस काठमाण्डौंका सभापती समेत रहेका लोकप्रिय नेता नीलकाजी शाक्यलाई एक नम्बर राख्दै नेपाली कांग्रेस  काठमाडौ महानगर समितिले मेयरमा उठाउने निर्णय गर्दै नाम केन्द्रमा पठाएको छ । आज बिहान काठमाडौ महानगर कांग्रेसको बैठकमा  नेपाली कांग्रेस काठमाडौ महानगर समितिका सभापती नीलकाजी शाक्यलाई काठमाडौ महानगरको मेयर पदमा एक नम्बरमा राख्दै आकान्छिहरु लाई क्रमशः दोस्रो तेस्रो गरि महानगर केन्द्रलाई सिफारिस गरेको छ । लोकप्रिय नेता नीलकाजि नै आबको मेयर पक्का भएको कंग्रेसका एक केन्द्रिय नेताले जानकारी दिए। उपमेयरमा नेपाली काग्रेस्  काठमाडौ महानगर उपसभापति शुशिला ढकालको नाम पठाएको स्रोतले बताएको छ ।

कांग्रेस महानगर कार्यसमितिको आज बिहान बसेको बैठकले महानगरमा कांग्रेसलाई कुनै पार्टीसँग तालमेल गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो। बैठकमा उपस्थित सबैले महानगरमा कांग्रेस एक्लै चुनाव लड्नु पर्ने र कसैसँग तालमेल गर्न आवश्यक नरहेको सुझाव दिएका थिए ।

०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ मै उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको तालिका छ। मेयरका लागि शाक्यसहित महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रगतिमान रञ्जित, सचिव सुसन वैद्य, सिर्जना सिंह, नरोत्तम वैद्य र तीर्थराम डंगोल आकांक्षी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित