Khabar Samachar

स्याङ्जा जिप दुर्घटना अपडेट : मृत्यु भएका ६ जनाकै पहिचान खुल्यो

205
VIEWS

स्याङ्जामा जिप दुर्घटनामा परि मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। बिहान १० बजे वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित सडकखण्डमा ग १ ज ७३९९ नम्बरको जिप सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको थियो।

जिपमा सवार वालिङ नगरपालिका–१२ डाँडाखर्क बस्ने ६५ वर्षीय वीरवहादुर दाला, ५४ की हिरा दाला, २५ की शर्मीला सारु, उनको ७ महिनाको छोरा र ६१ वर्षीया कुलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिए।

दुर्घटनामा परेर ६ जना घाइते भएका छन्। घाइते हुनेहरुमा ६० वर्षीय अंगवहादुर दाला, ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीया नविना सारु, १९  वर्षीया लक्ष्मी दाला र ६० वर्षीय दलबहादुर थापा रहेका छन्। उनीहरु गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित