चलचित्र दिमाग खराब निर्माण टोलीले हलले शो कम दिएको भन्दै चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ । चलचित्र निर्देशक निश्चल बस्नेतले बिहीबारसम्म पनि भारतीय चलचित्र बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन् ।
निर्देशक बस्नेतले फेसबुक लाइभमा भनेका छन्, ‘उत्साहका साथ दर्शक आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ? जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं । बरु वैकिल्पक विधिबाट फिल्म देखाउँछौं ।’ नेपाली चलचित्रलाई हलले प्राथमिकता नदिएकाले यो निर्णय लिन बाध्य हुनुपरेकोसमेत उनले बताएका छन् ।
चलचित्रका मिडिया कोअर्डिनेटर दिनेश सिटौलाका अनुसार पहिलो हप्ता हलले ५० प्रतिशत दिने, दोस्रो हप्ता ४० र तेस्रो हप्ता भने ३५ प्रतिशत दिने गरेका छन् ।
निर्देशक बस्नेतले भने दोस्रो र तेस्रो हप्ता पनि ५० प्रतिशत नै पाउनुपर्ने माग राखेका हुन् ।
बस्नेतले ‘वर्ड अफ माउथ’ राम्रो हुँदै गए पनि हलले शो नदिएको गुनासो गर्दै विदेशी चलचित्र बराबर आफूहरुलाई शो दिनुपर्नेमा जोड दिए ।
Discussion about this post