Khabar Samachar

Search
Close this search box.

रुपन्देहीमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईको अवस्था गम्भीर

208
VIEWS

दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।

बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३/४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीको नेतृत्वमा १० जनाको टोली र वडा प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक महेश पाठकको नेतृत्वमा ७ जनाको टोली उद्धारमा खटिएको थियो ।

बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित