Khabar Samachar

यू-१९ क्रिकेट विश्वकप श्रीलंकाबाट सर्‍यो

209
VIEWS

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता श्रीलंकाबाट सारेको छ।

आइसिसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेसँगै आगामी जनावरी र फेब्रुअरी हुने यू-१९ विश्वकप क्रिकेट अब दक्षिण अफ्रिकामा गर्ने भएको छ। आइसिसीको बोर्ड बैठकले सर्वसम्मत रुपमा विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सारेको हो।

दक्षिण अफ्रिकामा यसअघि यू-१९ महिला विश्वकप २०२३ र यू-१९ विश्वकप २०२० आयोजना भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित