Skip to main content

Khabar Samachar

Search
Close this search box.

कांग्रेसको मधेश प्रदेश सम्मेलन आज, इतर पक्ष असन्तुष्ट

203
VIEWS

नेपाली कांग्रेसको प्रथम मधेश प्रदेश सम्मेलन आज बिहीबारदेखि जनकपुरधाममा सुरु हुँदै छ । जनकपुरको तरहुतिया गाछीमा हुने प्रथम सम्मेलनको उदघाटन गर्न केन्द्रीय सभापति शेरबहादुर देउवासहितका शीर्षनेताहरु जनकपुर आउन लागेका छन् ।

बिहीबार उद्घाटन र भोलि शुक्रबार बिहानदेखि बन्द सत्र हुने प्रदेशसभापति कृष्णप्रसाद यादवले जानकारी दिए । उदघाटन समारोहमा आठवटै जिल्लाबाट नेता कार्यकर्ता सहभागी हुँदै छन् ।

बन्द सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाट ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने महामन्त्री वृहस्पती कृष्ण श्रेष्ठले जानकारी दिए । सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने छ ।

सम्मेलनमा वरिष्ठ नेता शेखर कोइरालालाई विशिष्ट अतिथिको रुपमा सहभागी नगराउने भएपछि शेखरपक्ष असन्तुष्ट बनेको छ ।

पूर्वसन्ध्यामा बुधबार भएको कांग्रेसको प्रदेश समितिको पूर्ण बैठकले प्रमुख अतिथिमा देउवा र विशिष्ट अतिथिमा केन्द्रीय उपसभापति, महामन्त्री लगायत केन्द्रीय सदस्यहरुलाई आसन ग्रहण गराउने निर्णय गरेको थियो । यसको बैठकमै शेखर पक्ष नेता कार्यकर्ताले असन्तुष्टि पोखेका थिए ।

शेखर पक्षका नेता कार्यकर्ताले महाधिवेशनमा निकटतमप्रतिद्वन्द्वी हुने नेतालाई वरिष्ठ नेता मानिने परम्पराको अवमूल्यन प्रदेशसमितले गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित