Khabar Samachar

Search
Close this search box.

उड्न लागेको बुद्ध एयरको विमानको ढोका खुल्यो

215
VIEWS

पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानका यात्रुले आकस्मिक ढोका खोला पछि उडान प्रभावित भएको छ ।

बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।

यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ ।

ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित