Skip to main content

Khabar Samachar

Search
Close this search box.

बालकुमारीमा मारिएका दुई युवाको शव हेलिकोप्टरमार्फत गृह जिल्ला लगियो

204
VIEWS

बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवक शव परिवारको जिम्मा लगाइएको छ ।

मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्‍याइएको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले रावतको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको बताए ।

बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ ।

अछाममा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार वीरेन्द्रको शव सुर्खेतसम्म ल्याइएको छ र केहीबेरमा अछाम ल्याउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित