Khabar Samachar

सहकारी ठगी मुद्दामा युवा संघका उपमहासचिव शिवबहादुर गुरुङ जेल चलान

217
VIEWS

युवा संघका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ(महेन्द्र भोटे) लाई सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

कास्की अदालतका न्यायाधीश बसन्तजंग थापाको इजाजतले गुरुङसहित २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले गुरुङसहित जिबी राई समूहको सुर्यदर्शन सहकारीका संचालक भविश्वर अर्याललाई थुनामा पठाउन अदालतले आदेश दिएको जानकारी दिए ।

उनीहरूविरुद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार रहेका दुबै जना मंगलबार अदालतमा हाजिर भएका थिए ।

गुरुङ गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट कास्कीको मादी गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए ।

यसअघि सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए । उनीहरुलाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको छ । उक्त सहकारीका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । अझै १५ जना फरार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित