Khabar Samachar

Search
Close this search box.

बिजुली किनबेचका लागि नेपाल र भारतबीच दीर्घकालीन सम्झौता सम्पन्न

203
VIEWS

नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।

सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

ऊर्जा मन्त्रालयका अनुसार सम्झौतामा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए ।

नेपाल र भारतबिच १० हजार मेगावाट बिजुली किनबेच गर्ने सम्झौताले अन्तिमरुप पाएपछि भने बिजुलीलाई वस्तु जस्तै किनबेच गर्न सकिनेछ । हाल नेपालबाट भारततर्फ साढे ६ सय मेगावाट बिजुली निर्यात हुँदै आइरहेको छ । यो सम्झौता सम्पन्न भएसँगै नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित