Khabar Samachar

प्रतिलिपि अधिकार हनन गरेको कसुरमा टुटलका प्रमुख शिक्षित भट्ट पक्राउ

216
VIEWS

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ । विश्वासघात गरेर प्रतिलिपि अधिकार हनन गरेको कसुरमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएका थियो । तर पठाओसहितका केही राइड सेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल अहिले अर्कै कम्पनीले पुन: सञ्चालनमा ल्याएको छ ।

मुद्दा टुटल र टुटल बाई ग्याप सँग सम्बन्धित रहेको प्रहरीको भनाई छ । भट्टविरुद्ध उनीसँगै कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित