Khabar Samachar

Search
Close this search box.

नक्कली डलरसहित गोंगबुबाट दुई जना पक्राउ

209
VIEWS

नक्कली अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

टोखा नगरपालिका वडा नम्बर १० गोंगबु नर्थ क्याफे नजिकैबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

रोल्पा घर भई बौद्ध बस्ने ५० वर्षीय कमल बुढा र पूर्वी नवलपरासी घर भई नेपालटार बस्ने २९ वर्षीय कमल भट्टराई पक्राउ परेका हुन्।

सोमबार साँझ नक्कली अमेरिकी डलरको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी प्रभाग नयाँ बसपार्कको टोली खटिएको थियो। उक्त टोलीले दुई जनालाई नक्कली अमेरिकी डलरसहित फेला पारेको थियो।

प्रहरीले ५० को अमेरिकी डलर जस्तो देखिने १७० वटा कागज बरामद गरेको छ।

प्रहरीले पक्राउ परेका दुई जनालाई मुद्रा सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।

घटनाको थप अनुसन्धान प्रहरी वृत्त महाराजगञ्जबाट भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित