Khabar Samachar

क्यानडामाथि नेपालको रोमाञ्चक जित

202
VIEWS

कप्तान रोहित पौडेलको घातक बलिङमा घरेलु मैदानमा सुरु तीन खेलको ओडिआई सिरिजको पहिलो खेलमा नेपालले पाहुना टोली क्यानडाविरुद्ध रोमाञ्चक जित निकालेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्‍यो।

नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो।

नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरे। उनले चार विकेट लिए। रोहितले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिए।

नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो।

अब नेपालले दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित