Skip to main content

Khabar Samachar

Search
Close this search box.

पाल्पा जिप दुर्घटनामा १० जनाको मृत्यु, १६ घाइते

202
VIEWS

पाल्पाको तिनाउ गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन् ।

डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटना हुँदा ७ महिला र ३ पुरुषको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम् डीएसपी सुगन्ध श्रेष्ठका अनुसार मृत्यु हुनेमा पाल्पाको तिनाउ गाउँपालिका–६ की ६० वर्षीया यन कुमारी पन्त, २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी र ६७ वर्षीय कृणबहादुर अस्लामी छन् ।

यस्तै पाल्पाको तिनाउ गाउँपालिका २ खुर्साने बस्ने २० वर्षीया गीता सुनार, पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्या बस्ने ६६ वर्षीया विष्णुकला कामी र सोही ठाउँकी ६५ वर्षीया दिल कुमारी सुनारको पनि दुर्घटनामा मृत्यु भएको छ ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ तामनगर बस्ने ७० वर्षीय चन्द्रगोपाल रणपाल, बुटवल १४ कै ६० वर्षीया चुना रणपाल र रुपन्देहीको देवदह नगरपालिका–५ की २९ वर्षीया दिलमाया जिसीको पनि दुर्घटनामा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रहरीले जिप चालक पाल्पाको तानसेन नगरपालिका–१० बस्ने ४५ वर्षीय दानबहादुर चिदीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार मुस्ताङ जिप आफैं अनियन्त्रित भई कच्ची सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्रभास र जिला प्रहरी कार्यालय पाल्पाबाट टोली परिचालित भएका थिए । उनीहरुले घाइतेहरुलाई उद्धार गरी लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पठाएका थिए ।

अत्यधिक लोडका कारण जिप दुर्घटना भएको प्रहरी उपरीक्षक हेरम्व शर्माले बताए । क्षमताभन्दा बढी लोडका कारण उकालोमा तान्न नसक्दा ब्याक भएर जिप दुर्घटना भएको प्रहरी उपरीक्षक शर्माको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित