राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदप्रति सरकार जबाफदेही नभए संसद् अवरोध र आन्दोलन हुने चेतावनी दिएका छन् ।
‘सभामुख महोदयमार्फत सरकालाई चेतावनी पनि दिन चाहन्छु, यसरी प्रतिपक्षीलाई नसुन्ने हो भने संसद् अवरुद्ध पनि हुन्छ, आन्दोलन पनि हुन्छ। तर, सरकारले हामीलाई के दोष दिन पाउँदैन भने प्रतिपक्षले संसद् चल्न दिएन, प्रतिपक्षीको नेपथ्यबाट जनताको पीडा राख्दा सरकारले सुन्दैन भने संसद् मात्रै होइन सडक पनि अवरुद्ध हुन्छ,’ उनले भने।
साथै, उनले संसदप्रति सरकार जवाफदेही हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको भन्दै प्रश्न गरे।
‘संसद्प्रति सरकार जवाफदेही हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ। ती दुई युवा र परिवारलाई सरकारले के दियो?,’ उनले भने।
प्रतिनिधि सभाको बैठकमा बोल्दै बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक नगरेकोप्रति आपत्ति जनाए ।
Discussion about this post