Khabar Samachar

Search
Close this search box.

राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने माओवादी निर्णय

201
VIEWS

राष्ट्रिय सभा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारी दिने भएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उम्मेदवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

यो सँगै सत्ता गठबन्धनकै घटकबाट एकभन्दा बढी उम्मेदवार हुनसक्ने देखिएको छ। यसअघि नै नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी गरिसकेको छ।

यस्तोमा माओवादीले पनि उम्मेदवारी दिने निर्णय गरेको हो। माओवादीको स्थायी कमिटी बैठकमा मंगलबार अधिकांश नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित