Khabar Samachar

राष्ट्रियसभामा निर्वाचित १९ सांसदले लिए शपथ

204
VIEWS

राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले शपथग्रहण गरेका छन् । गत माघ ११ गते सम्पन्न चुनावबाट निर्वाचित भएका १९ सांसदहरूले आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

निर्वाचित सांसद्हरूलाई नयाँ बानेश्वरस्थित संसद् भवनमा सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उनीहरूलाई शपथ ग्रहण गराएकी हुन् ।

सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यलाई सभाको प्रतिक चिन्ह लगाइदिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे । उक्त समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदको पदावधि आइतबार राति १२ बजे सकिएको थियो । सोही पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो ।

पदावधि सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, नेकपमा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टी(जसपा), मनोनीत र स्वतन्त्र एक/एक जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित