Khabar Samachar

प्रतिक्रियावादीले उपयोग गर्न खोजे जुनसुकै बेला लात्तीले हानेर निस्कन सक्छु : प्रचण्ड

211
VIEWS

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे जुनसुकै बेला लात्ताले हानेर निस्कने बताएका छन् ।

आइतबार दिउँसो ‘शान्ति, प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।

‘मलाई कतिपयले अनप्रेडिक्टेवल भन्छन् तर म श्रमिक,घाइते अपाङ्ग, र नेपाल राष्ट्रप्रति प्रेडिक्टेवल नै छु’, उनले भने, ‘उनीहरूप्रति इमानदार हुने कुरामा त म जहिले पनि निरन्तर कायम छु । तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्छु ।’

‘राष्ट्रप्रति इमानदार हुने कुरामा निरन्तर कायम छु, प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने कुनैपनि बेला लात्ताले हानेर निस्कन सक्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरूको लागि म विश्वसनीय छैन, हुन पनि परेको छैन। आजको दिन हरेक हरेक दृष्टिकोणले क्रमभंगको दिन बन्न गएको छ।’

साथै, उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेदेखि सहिद परिवारका सदस्यलाई रोजगारी दिने संकल्प समेत गरेका छन्।

‘क्रान्तिकारीजति एक ठाउँमा हुनैपर्छ, अरु कुनै उपाय छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित