Khabar Samachar

Search
Close this search box.

सुन तस्करीमा संलग्नताबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

203
VIEWS

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि अनुसन्धान गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।लामिछानेको सचिवालयकी प्रतिभा रावलका अनुसार, पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र सुन तस्करीमा संलग्न भएको विवरण आएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर छानबिन गर्न निर्देशन दिइएको हो ।

‘गृहमन्त्रीज्यूले आईजीपी सा’बलाई बोलाएर छानबिन गर्न निर्देशन दिनुभएको छ’, उनले भनिन्, ‘बाहिर आएका विषयहरु के–के हुन्, त्यसबारे बुझेर अनुसन्धान अघि बढाउन भन्नुभएको छ ।’

प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पनि यो विषयमा आफूहरुको जानकारीमा पहिल्यै आइसकेको बताउँदै प्रारम्भिक जाँच सुरु गरिसकिएको अनलनाइनखबरलाई बतायो । ‘यो विषय बाहिर आउनेबित्तिकै के हो भन्ने विषयमा अध्ययन थालिसकेका थियौं’, स्रोतले भन्यो, ‘गृह मन्त्रालयबाट पनि यसलाई गम्भीरतापूर्वक लिन निर्देशन आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित