मधेशका तीनवटा पार्टीले सहकार्य गर्ने भएका छन् ।
सीके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बीच सहकार्य गर्ने निर्णय भएको हो ।समसामयिक मुद्दा तथा समस्या समाधानका लागि सहकार्य गर्न सहमत भएको भन्दै जारी संयुक्त विज्ञप्तिमा तीनै जना अध्यक्षले हस्ताक्षर गरेका छन् ।
नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने भनिएको छ ।
यस्तै तराई–मधेशका साथै सम्पूर्ण देशमा समृद्धि र सुशासनको लक्ष्य प्राप्ति गर्ने, विद्यमान सबै प्रकारका विभेदहरू अन्त्य गर्ने, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पूँजी निर्माण गर्ने र देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील रहन सहकार्य गर्ने जनाइएको छ ।
साथै, उद्योग–धन्धा तथा कलकारखानाहरू स्थापित गर्दै रोजगारी सिर्जना गर्ने र गृणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनीहरूले उल्लेखित विषयहरूमा सहमत अन्य दलहरूलाई पनि यसमा सहकार्यको अभियानमा सरिक हुन अनुरोध गरेका छन् ।
































Discussion about this post