नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ।आइतबार बसेको संसदीय दल कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित बाँकेका युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।शर्मा २०७८ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए।
Discussion about this post