Khabar Samachar

राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर नेपाली कांग्रेस वर्तमान सरकार ढाल्ने काममा – नेकपा एमाले

206
VIEWS

सत्तारूढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर नेपाली कांग्रेस वर्तमान सरकार ढाल्ने काममा लागेको बताएका छन्।

प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान तथा गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुति देखाइरहेको उनको भनाइ छ।

कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गरेका उनले अनुसन्धानले दोषी ठहराएको खण्डमा कोहीलाई पनि उम्किन दिनु नहुने बताए। आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काँग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अङ्क गणितका आधारमा प्रस्तुति देखाइरहेको आरोप लगाएका हुन् ।

बर्तौलाले भने, ‘ रवि लामिछाने गृहमन्त्रीको बारेमा उहाँ दोषी हो र राज्यबाट प्रमाणित हुनुभयो भने उहाँ स्वयंले भनिरहनुभएको छ की छानबिन सबै तहबाट होस् । यसलाई राजनीतिक ढङ्गबाट अहिले रास्वपाको नेतृत्व कर्तालाई गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अङ्क गणितका आधारमा जसरी प्रस्तुति देखाइएको छ । रास्वपाको नेतृत्वलाई बदनाम गर्ने, टिक्न नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ एक महिना भित्रमा सरकार ढाल्छौँ भनिरहनुभएको छ । अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा उहाँलाई कसैले जोगाउनुपर्छ भन्ने छैन । कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अंग प्रभावित हुन्छ भन्ने सोच्नु हुँदैन ।’

उनले भने, ‘सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले आयोग बनाएको थियो, त्यो आयोगले सरकारलाई रिपोर्ट पेस गरेको छ । त्यो रिपोर्ट बमोजिम जोजो जहाँ जहाँ जसरी संलग्नता छ । दोषका प्रकृतिका आधारबाट कानुनी कारबाही हुन्छ । प्रतिवेदनले उजागर गरेका विषयवस्तु सार्वजनिक गर्नुपर्छ । हामीले सरकारलाई संसद्‍मार्फत ध्यानाकर्षण गराएका छौँ । उजागर गरेका विषयहरू कहीँ थन्क्याउने होइन, कोही पनि मान्छे उम्किने अवस्था रहँदैन । कानुनको आँखाबाट दोषी देखिएको जोसुकै भए पनि उम्किन हुँदैन । कोही पनि दोषी सरकारको छायामा रहेका कारणले गर्दा उन्मुक्ति पाउँछ भन्ने कुरा किमार्थ हुँदैन । सरकारको यो पूर्ण कार्यान्वयन गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित