नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरूद्ध अहिलेसम्म कुनै तथ्य प्रमाण नभेटिएको बताएका छन्।
उनले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा लामिछानेविरूद्ध परेको उजुरीमाथि अहिलेसम्म कुनै पनि आधार नभेटिएको बताए।
‘अहिले सहकारीको विषयमा अलिअलि सांकेतिक रूपमा आयो। ठाडो उजुरीको रूपमा इस्यू आयो दर्ता भयो। तर कुनै पनि काम अनुसन्धान गर्दा तथ्य प्रमाणमा भेटिँदैन। कानुनी दायरामा पर्ने अवस्था छैन। र अहिले त्यो जुन सांकेतिक रूपमा आएको छ रवि लामिछाने भन्ने त्यो विषयमा अहिलेसम्मको तथय प्रमाणमा कुनै पनि आधार देखिँदैन,’ उनले भने।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने पनि जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग पनि गर्दै आएको छ।
Discussion about this post