Skip to main content

Khabar Samachar

Search
Close this search box.

सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काट्ने चेतावनी

203
VIEWS

नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काट्ने चेतावनी दिएको छ।

शुक्रबार सूचना प्रकाशन गरेर प्राधिकरणले विभिन्न स्थानीय तहहरूले सडक बत्ती बालेको तर त्यसबापत उठेको बिजुलीको महशुल नबुझाएको बताउँदै यथाशिघ्र महशुल बुझाउन ताकेता गरेको हो।

प्राधिकरणका अनुसार सडकबत्ती बालेबापत ६ अर्ब रूपैयाँ बक्यौता रकम उठ्न बाँकी छ।

प्राधिकरणले बत्तीको महशुल तिर्नका लागि आवश्यक भए किस्ताबन्दीको सुविधा समेत दिन तयार रहेको जानकारी दिएको छ।

अन्यथा लाइन जुनसुकै बेला काटिनसक्ने चेतावनी प्राधिकरणले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित