Khabar Samachar

रेशम चौधरीले ज्यान मार्ने धम्की दिएको भन्दै नाउपा नेताको पत्रकार सम्मेलन

204
VIEWS

नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् ।

नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले आफूलाई नेता रेशम चौधरीले आइतबार एउटा छलफलमा आफूलाई हत्या पनि हुन सक्छ भनेर धम्की दिएको बताए ।

केन्द्रीय कार्यालय अनामनगरमा सोमबार बिहान ८ बजेका लागि बोलाइएको थियो। तर संस्थापक अध्यक्ष रञ्जिता चौधरी आउन ढिला गरिन्। रेशम चौधरी भने आइसकेका थिए।

‘अध्यक्षज्यू बैठकमा आइसक्नु भएको थिएन। केन्द्रीय समिति बैठकअघि अनौपचारिक छलफल भएको थियो। त्यसक्रममा मलाई पार्टी कार्यालयभित्रै ढोका चुकुल चलाएर आक्रमण भयो,’ केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘अध्यक्ष रञ्जिता आउनुअघि नै विवाद सुरू भएको थियो।’

विवादको सुरूवात कुन गठबन्धनमा जाने भन्नेबाट सुरू भएको थियो। पार्टीका नेता दामोदर पण्डित संयोजकत्वमा रहेको वार्ता टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न सोमबार बालुवाटार जाने तयारी गरेको थियो।

‘आज हामीले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्ने कार्यक्रम थियो। बालुवाटार गयौं भने म तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छु भनेर उहाँले भनेपछि हामीले विरोध गरेका थियौं,’ उनले भने। उहाँले सिधै के भन्नुभयो भने यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुन सक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रमण हुँदा म असुरक्षित छु भन्ने महसुस भयो’, बिकले सोमबार रिपोर्टस क्लबको पत्रकार सम्मेलनमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित