Khabar Samachar

कांग्रेसबाट भरतपुरको उपप्रमुख उम्मेदवार चित्रसेन अधिकारी

212
VIEWS

 

पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट चितवनको भरतपुर महानगरको उपप्रमुख (उपमेयर) को उम्मेदवार नेपाली कांग्रेसका नेता चित्रसेन अधिकारीलाई बनाउने निर्णय भएको छ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले आफ्नो भागमा परेको भरतपुरको उपमेयर सिटमा अधिकारीलाई उम्मेदवार बनाउने सहमति गरेको हो।

नेपाली कांग्रेस भरतपुर महानगरपालिका कार्यसमितिका सभापति अधिकारीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय प्रधानमन्त्रीसमेत रहेका केन्द्रीय सभापति शेरबहादुर देउवाले गरेका हुन्।

चितवन काङ्ग्रेस सभापति राजेश्वर खनालका प्रेस सहयोगी आशिष अधिकारीले दिएको जानकारीअनुसार सभापति देउवाले केन्द्रमा भएको छलफलको सहमति जानकारी गराएका थिए।

 

सभापति देउवाले शीर्ष नेतासँग शनिबार छलफल गरेका थिए। भरतपुरको प्रमुखमा दाबी गरिरहेका अधिकारी यो सिट आफ्नो पार्टीको भागमा नपरेपछि उपप्रमुखको उम्मेदवार बन्ने भएका हुन्।

प्रमुखमा भने माओवादी केन्द्रकी केन्द्रीय रेनु दाहाल उम्मेदवार बन्दै छिन्। उनी त्यहाँको निवर्तमान मेयर हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित