राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एकीकृत समाजवादीले नेकपा (एमाले) उम्मेदवार विमला घिमिरेलाई मत दिने भएको छ।
घिमिरे सत्ता गठबन्धनबाट साझा उम्मेदवार छिन्। गठबन्धनभित्रै रहेकाले घिमिरेलाई मत दिने तय भएको समाजवादीकी सांसद जयन्ती राईले बताइन्।
‘संसदीय दलले निर्णय नगरे पनि गठबन्धनभित्रै रहेकाले घिमिरेलाई मत दिनुपर्ने हुन्छ, मत दिन्छौं,’ उनले भनिन्।
राष्ट्रिय सभा उपाध्यक्षमा गठबन्धनभित्र एकीकृत समाजवादीले पनि दाबी गरेको थियो। तर गठबन्धनका तर्फबाट एमालेले उम्मेदवारी दिए पनि एकीकृत समाजवादीले मत दिन लागेको हो।
Discussion about this post