गोरखामा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने

208
VIEWS

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोरखामा अन्य दलसँग तालमेल नगर्ने भएको छ । आइतबार जिल्ला कार्यसमिति बैठक बसेर एकल रुपमा चुनाव लड्ने निर्णय गरिएको पार्टी जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

‘सत्ता गठबन्धनमा रहेका अन्य दलका केही साथीहरुको महत्वकांक्षा र राजनीतिक अपरिपक्कताका कारण गठबन्धन टिकेन,’ बैठकपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैले अन्य दलहरुसँग तालमेल नगरी एक्लै चुनाव लड्ने निर्णय कांग्रेसले गरेको हो ।’ शनिबार बसेको गठबन्धनको संयन्त्र बैठकमा पनि दलहरुले आ–आफ्नो हिसाबले चुनाव लड्ने निर्णय गरेका थिए ।

चुनावी तालमेलका लागि आफूहरुले हदैसम्मको लचकता अपनाएको न्यौपानेले बताए । ‘केन्द्रीय समितिले बनाएको नीति अनुसार २०७४ सालको स्थानीय तह चुनावमा जुन दलले जहाँ जितेको छ, जसको मतभार बढी छ त्यही उसको रहने र बाँकीमा संगठनको अवस्था हेरेर सिट बाँडफाँट गर्ने भन्ने थियो, त्यही नीतिलाई टेकेर हामीले यसअघिको चुनावमा जितेको ९ पालिका र ४५ वडा माग्यौं, माओवादीले ६ पालिका दावी गर्यो र जनता समाजवादी पार्टीले तीन वटा पालिका माग्यो, त्यसमा हामी लचक भएर सात पालिकासम्म झर्यौं तर उहाँहरुले त्यति लचकता नदेखाएपछि गठबन्धन टुटेको हो,’ उनले भने ।

तीन पालिका, २५ वडा र १०० सदस्य मागेको जसपाले शुरुदेखि नै पार्टीको सांगठनिक अवस्था एकीन गर्नका लागि मित्रवत प्रतिस्पर्धामा जाने प्रस्ताव गर्दै आएको उनले बताए । त्यसकै कारण पनि गठबन्धन टुट्न सहयोग पुगेको उनको भनाइ छ । नमिलेको खण्डमा मित्रवत प्रतिस्पर्धा गर्न सकिने केन्द्रको प्रावधान समेत रहेकाले कांग्रेस एकल रुपमै चुनावमा लड्ने निर्णय गरेको उनले जानकारी दिए ।उनका अनुसार जिल्लाको एघार वटै पालिका र ९४ वटै वडामा कांग्रेसले उम्मेदवारी दिने छ । उम्मेदवारको टुंगो भने आइतबार साँझसम्म लागिसक्ने उनले बताए ।

‘हामी गठबन्धन जिवित राख्न चाहन्थ्यौ । केही नेताको स्वार्थगत कारणले सहमती हुन सकेन अब आफ्नै तागतमा चुनाव लड्छौ।’ न्यौपानेले भने, ‘काँग्रेस गोरखाका ११ पालिका ९४ वडामा एकल उम्मेदवारी दिने छौ।’ यस्तै माओवादी केन्द्रले पनि गठबन्धनमा रहेका बाँकी दलसँग चुनावी तालमेल गर्ने जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
Share on facebook
Share on twitter
Share on linkedin
Share on whatsapp
Share on pinterest
Share on telegram
Share on email
Share on pinterest
Share on reddit
Share on skype
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित