Khabar Samachar

Search
Close this search box.

रातो मासुले गर्ने बेफाईदा

240
VIEWS

वैज्ञानिकहरुका अनुसार रातो मासुबाट प्राप्त हुने एमिलोइड नाम गरेको प्रोटिन दिमागमा जम्मा हुने हुँदा यसले स्नायुकोषलाई हानि गर्छ । मासु खानेलाई अल्जाइमर्स रोगको बढी सम्भावना हुन्छ । त्यस्तै, आइरनको मात्रा अत्यधिक भयो भने पनि यो रोगको खतरा हुन्छ । पछिल्लो पटक गरिएको एक अध्ययनमा अल्जाइमर्सका बिरामीको दिमागमा अत्यधिक मात्रामा आइरनको मात्रा संग्रह भएको थियो । प्रारम्भिकरूपमा स्नायुकोष नष्ट हुने भागमा यो आइरन बढी भएको पाइएको थियो । यी सबै रातो मासुका नकारात्मक असर हुन् । रातो मासुमा अत्यधिक मात्रामा आइरन हुने हुँदा यो खाँदा अल्जाइमर्सको जोखिम हुने विभिन्न अध्ययनले देखाएका छन् । मुटु रोगको खतरा वैज्ञानिकहरुले बारम्बार रातो मासु र मुटु रोगबीच सम्बन्ध हुने पुष्टि गरेका छन् । पछिल्लो एक अध्ययनअनुसार रातो मासु र मुटु रोगको सम्बन्ध मासुमा हुने चिल्लो पदार्थ र कोलेस्टेरोलमा मात्र सीमित छैन । बरु रातो मासुमा पाइने कार्निटाइन नामको यौगिकलाई हाम्रो पाचनप्रणालीले टुक्राई ट्रिमेथाइलेमिन एन अक्साइड (टीएमएओ) उत्पादन गर्छ । टीएमएओले मुटुका धमनीमा चिल्लो पदार्थ जम्मा गरिदिई हृदयाघात गराइदिन्छ । गुदद्वारको क्यान्सर रातो मासुले गुदद्वारको क्यान्सर हुने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । अमेरिकामा पछिल्लो पटक गरिएको एक अध्ययनमा यो पुष्टि भएको हो । ५० वर्षदेखि ७४ वर्षमाथिका साढे १ लाख मानिसमा गरिएको सो अध्ययनमा रातो मासु खाने धेरै मानिसमा गुदद्वारको क्यान्सर भएको पाइएको थियो । सम्भावित क्यान्सरबाट बच्न स्वास्थ्य विज्ञहरुले रातो मासुको सट्टा माछा खानुपर्ने सुझाएका छन् । चिनी रोगको कारक रातो मासु चिनी रोगसँग पनि प्रत्यक्ष सम्बन्धित छ । हरेक साता नियमित रूपमा रातो मासु खाँदा चिनी रोग हुन सक्ने सम्भावना ५० प्रतिशत रहने विज्ञहरु बताउँछन् । युरिक एसिडको खानी रातो मासुमा चिल्लोको मात्रा बढी हुन्छ, जसका कारण यसले युरिक एसिड बढाउँछ । यसमा हुने अत्यधिक प्रोटिन र प्रशस्त फ्याटी एसिडको उपभोगले स्वास्थ्यलाई गम्भीर हानि गर्छन् । शरीरमा फ्याटी एसिड, कोलेस्टेरोलको संग्रहले दीर्घकालीन रूपमा नसासम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ । (खसि, बोका, रांगा, बोका, भेंडा आदि जनावरको मासुलाई रातो मासु भनिन्छ ।)
अल्जाइमर्स रोगको खतरा

वैज्ञानिकहरुका अनुसार रातो मासुबाट प्राप्त हुने एमिलोइड नाम गरेको प्रोटिन दिमागमा जम्मा हुने हुँदा यसले स्नायुकोषलाई हानि गर्छ । मासु खानेलाई अल्जाइमर्स रोगको बढी सम्भावना हुन्छ । त्यस्तै, आइरनको मात्रा अत्यधिक भयो भने पनि यो रोगको खतरा हुन्छ । पछिल्लो पटक गरिएको एक अध्ययनमा अल्जाइमर्सका बिरामीको दिमागमा अत्यधिक मात्रामा आइरनको मात्रा संग्रह भएको थियो । प्रारम्भिक रूपमा स्नायुकोष नष्ट हुने भागमा यो आइरन बढी भएको पाइएको थियो । यी सबै रातो मासुका नकारात्मक असर हुन् । रातो मासुमा अत्यधिक मात्रामा आइरन हुने हुँदा यो खाँदा अल्जाइमर्सको जोखिम हुने विभिन्न अध्ययनले देखाएका छन् ।

मुटु रोगको खतरा

वैज्ञानिकहरुले बारम्बार रातो मासु र मुटु रोगबीच सम्बन्ध हुने पुष्टि गरेका छन् । पछिल्लो एक अध्ययनअनुसार रातो मासु र मुटु रोगको सम्बन्ध मासुमा हुने चिल्लो पदार्थ र कोलेस्टेरोलमा मात्र सीमित छैन । बरु रातो मासुमा पाइने कार्निटाइन नामको यौगिकलाई हाम्रो पाचनप्रणालीले टुक्राई ट्रिमेथाइलेमिन एन अक्साइड (टीएमएओ) उत्पादन गर्छ । टीएमएओले मुटुका धमनीमा चिल्लो पदार्थ जम्मा गरिदिई हृदयाघात गराइदिन्छ ।
युरिक एसिड

रातो मासुमा चिल्लोको मात्रा बढी हुन्छ, जसका कारण यसले युरिक एसिड बढाउँछ । यसमा हुने अत्यधिक प्रोटिन र प्रशस्त फ्याटी एसिडको उपभोगले स्वास्थ्यलाई गम्भीर हानि गर्छन् । शरीरमा फ्याटी एसिड, कोलेस्टेरोलको संग्रहले दीर्घकालीन रूपमा नसासम्बन्धी रोग लाग्ने सम्भावना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित