Khabar Samachar

Search
Close this search box.

सदभाव सहित चार नेपाली खेलाडीले जुनियर वर्ल्ड गल्फ च्याम्पियनसिप खेल्ने

218
VIEWS
थाइल्याण्डमा हुने १५औं सिंघा थाइल्याण्ड जुनियर वर्ल्ड गल्फ च्याम्पियनसिपमा नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य सहित चार खेलाडीले प्रतिस्पर्धा गर्दैछन।
जुनियर वर्ल्ड गल्फ च्याम्पियनसिप बुधबारदेखि प्राचुआप खिरि खान प्रदेशस्थित रोयल हुवा-हिन गल्फ कोर्समा हुनेछ। च्याम्पियनसिप नोभेम्बर ३ सम्म चल्नेछ। प्रतियोगितामा सदभाव‌ सहित जयवीर आचार्य, इदान्त सिंह साउद र ड्यानियल बानियाले प्रतिस्पर्धा गर्नेछन। सदभाव, जयवीर र इदान्तले १५-१८ बर्ष उमेर समुहमा प्रतिस्पर्धा गर्नेछन भने ड्यानियलले १३-१४ बर्ष उमेर समुहमा भाग लिनेछन।
सदभावलाई आज नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले विदाई गरे। सदभावसँगै नेपाल गल्फ संघका महासचिव दिपक आचार्य पनि थाईल्याण्ड गएका छन। अन्य खेलाडी थाईल्याण्ड पुगिसकेका छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित