Skip to main content

Khabar Samachar

Search
Close this search box.

चितवनमा खुर्पाले हानेर छोरी र भतिजोको हत्या

204
VIEWS

चितवनको दिव्यनगरमा एक पुरुषले दुई बालबालिकाको हत्या गरेका छन् । भरतपुर महानगरपालिका-२५ का ४२ वर्षीय लीलाराज गिरीले खुर्पाले हानेर उनीहरूको विभत्स हत्या गरेका हुन् ।

४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ६/७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् । खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो ।

घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको गम्भीर अवस्थामा उपचार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित