मन्त्रिपरिषदको बैठक मंगलबार अपराह्न बस्ने भएको छ।
सोमबारका लागि तय भएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार मंगलबार अपराह्न ५:३० बजे मन्त्रिपरिषद बैठक बस्नेछ।
उक्त बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको गभर्नर सिफारिस समिति बैठक पनि आजै बस्दैछ।
मंगलबार अपराह्न ४ बजेपछि उक्त बैठक बस्नेछ। यो बैठकले गभर्नरका लागि नाम सिफारिस गरेमा आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना छ।





























Discussion about this post