Skip to main content

Khabar Samachar

Search
Close this search box.

युवा संघमा क्षितिज थेवे र सुमन पुरीबीच प्रतिस्पर्धा

202
VIEWS

नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न निर्वाचनको तयारी गरिएको छ। निर्वाचनका लागि शनिबार नै प्रतिनिधिको नामावली प्रकाशित भइसकेका छन् भने मतदान गर्न ४६ वटा इलेक्ट्रिक भोटिङ मेसिन ल्याइएको छ।

संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महाचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने संघका एक नेताले जानकारी दिए।

अध्यक्षका दावेदार थेबे यसअघि महासचिव हुँदै संघको नवौं (नेपालगञ्ज) महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए भने पुरी उपाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्षका दाबी गरिरहेका छन्।

थेबेलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, मोर्चा विभाग प्रमुख भानुभक्त ढकाल, संघका पूर्वअध्यक्ष महेश बस्नेत लगायतले समर्थन जनाएका छन् ।

पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्वअध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, एमाले नेता विनोद ढकाल लगायतको समर्थन छ।

युवा संघ नेपालका इञ्चार्ज राजीव पहारीले अझै पनि सहमतिका लागि प्रयास भइरहेको जानकारी दिए। सहमति हुन नसके निर्वाचन आयोगले निर्वाचनमार्फत नेतृत्वको टुंगो लगाउने तयारी गरेको उनले बताए।

‘हामीले सकेसम्म निर्वाचन गर्न नपरोस् सर्वसहमति होस् भनेर प्रयास गरिरहेका छौं,’ उनले भने, ‘सहमति भएन भने निर्वाचनको प्रक्रिया अघि बढ्छ।’

अहिले प्रतिनिधिका विषयमा छलफल भइरहेको र छलफल सकिएपछि उम्मेदवारी दर्ताका प्रक्रिया सुरू हुने एक नेताले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित