Khabar Samachar

Search
Close this search box.

गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ – नेकपा माओवादी केन्द्र

205
VIEWS

नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ । सोमबार बसेको माओवादी पदाधिकारी बैठकले

गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने निर्णय गरेको छ। बैठकपछि माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपालीलाई भिजिट भिसामा विदेश पठाएर ठगी गरेको आरोप लागेका गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय भएको बताएका हुन्।

‘अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा नेपालीलाई विदेश पठाउने कार्यमा गृहका कर्मचारी जोडिएका छन्,’ उनले भने, ‘सबैतिरबाट यो विषय आइरहेको छ। नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। कांग्रेसभित्रैबाट पनि मागिएकोछ। राजीनामा दिएर मार्ग प्रशस्त पार्नुपर्छ। पावर पहुँच प्रयोग हुन नपाओस्। निष्पक्ष स्वतन्त्र छानबिनका लागि। जति ढिलो भयो उति राज्यको शाख गिर्छ।’

त्यस्तै बैठकले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान झनझन राम्रो हुँदै गइरहेको निष्कर्ष निकालेको उनले सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित