नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको अधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे पुन : निर्वाचित भएका छन्।
संघको नवौं महाधिवेशनबाट अध्यक्ष बनेका थेबे पोखरामा भएको दशौं महाधिवेशनबाट पनि अध्यक्षमा दोहोरिएका हुन्।
थेबेले ७९६ मत पाएका थिए भने उनका प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत पाएका थिए।
पुरी आठौं महाधिवेशनबाट संघको उपाध्यक्ष बनेका थिए भने नवौं महाधिवेशनबाट महासचिव बनेका थिए।
अहिले अध्यक्ष पदमा उम्मेदवार बनेका पुरीले १८८ मतले पराजय ब्यहोर्नु परेको हो।
युवा संघका इन्चार्ज राजीव पहारीका अनुसार पदाधिकारीसहित केन्द्रीय समितिका अधिकांश पदमा पनि थेबे प्यालन निर्वाचित भएका छन्।























Discussion about this post