Skip to main content

Khabar Samachar

Search
Close this search box.

उपकुलपतिको सचिवालय तोडफोड गर्नेलाई कारवाहि गरिने

202
VIEWS

त्रिभुवन विश्वविद्यालयले उपकुलपति सचिवालय तोडफोडमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले विज्ञप्ति निकालेर उपकुलपति सचिवालय तोडफोड गर्ने, पदाधिकारीहरूलाई धम्की तथा आक्रमण गर्न खोज्नेमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरेको हो।‘त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा प्रवेश गरी उपकुलपतिको सचिवालय तोडफोड गर्ने, पदाधिकारी एवं कर्मचारीलाई भौतिक आक्रमण गर्न खोज्ने कार्य भएकोले उक्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही तथा भौतिक सम्पत्तिको हानि नोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारी गराइन्छ,’ त्रिविले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।विश्वविद्यालयका केन्द्रीय पदाधिकारीहरूलाई भौतिकरुपमा आक्रमण गर्ने गरी फोनमार्फत धम्की दिने, सामाजिक सञ्जालको प्रयोग गरी पदाधिकारीको चरित्र हत्या गर्नेलाई पनि कारबाही प्रक्रिया सुरु भएको त्रिविले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित