Khabar Samachar

Search
Close this search box.

हास्य कलाकार घनश्याम गौतमको निधन

209
VIEWS

हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ। राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ ।

रंगकर्मी गौतम विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए। उनको भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर अस्तालमा उपचारकै क्रममा निधन भएको हो।

४३ वर्षीय कलाकर्मी गौतमले मेरी बास्सै टेली शृंखलामा लामो समय अभिनय गरेका थिए। हातेमालो सञ्चारमार्फत रंगक्षेत्रमा सक्रिय गौतम सडक नाटक, रेडियो नाटक, कचहरीका लागि समेत उत्कृष्ट कलाकार मानिन्थे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित