Skip to main content

Khabar Samachar

Search
Close this search box.

अनलाइन सट्टेबाजीमा संलग्न आरोपमा ललितपुरबाट १७ जना पक्राउ

201
VIEWS

अनलाइन बेटिङ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरका दुई वटा ठाउँमा छापा मारेर १७ जनालाई पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमध्ये पाँच जना भारतीय नागरिक छन्। बाँकी सबै जना नेपाली नागरिक हुन्।

पक्राउ पर्नेहरूमा डाइमण्ड कुँवर, मनोज बोगटी, राजेन्द्रबहादुर महता, अरविनकुमार खड्का, विष्‍णुकुमार राउत, ठक्कर कुँवर, तिलक खड्का, जोर्डन भन्ने जीतबहादुर महतो, सुवास खड्का, विकास थापा, हर्कबहादुर खड्का, ऋषभ राज, दिपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह, पूर्णबहादुर दर्लामी मगर र मोहितकुमार सिंह छन्।

ऋषभ, दिपककुमार, अंकितकुमार, धिरतकुमार र मोहितकुमार भारतीय नागरिक हुन्।

उनीहरूलाई ललितपुरको नख्खुको सनराइज अपार्टमेन्ट र धापाखेलबाट पक्राउ गरेको हो।

लामो समयदेखि सट्टेबाजी खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोली खटिएको थियो।

विशेषगरी उनीहरूले आइपिएल, जस्ता विभिन्न खेलमा बेटिङमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित