Skip to main content

Khabar Samachar

Search
Close this search box.

रवि लामिछानेलाई रूपन्देहीबाट डिल्लीबजार कारागार ल्याउने तयारी

205
VIEWS

जिल्ला कारागार रूपन्देहीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौंस्थित डिल्लीबजार कारागारमा ल्याउने प्रक्रिया अघि बढेको छ।

जिल्ला कारागार कार्यालय रूपन्देहीले लामिछानेलाई डिल्लीबजार पठाउन कारागार व्यवस्थापन विभागमा अदालतको आदेशसहित पत्राचार गरेको जेलर सुरेश भण्डारीले जानकारी दिए।

‘हामीले यहाँबाट अदालतको आदेशसहित अनुरोध गरी पठाउने हो। हामीले यहाँबाट आदेशसहित पठाइसकेका छौं,’ उनले भने।

तर विभागबाट निर्णय भने भइनसकेको उनले बताए।

प्रशासन कार्यालयका एक अधिकारीका अनुसार आइतबार पत्राचार भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित