Skip to main content

Khabar Samachar

Search
Close this search box.

संसद पुग्यो माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ताको जानकारी

206
VIEWS

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का सांसद माधवकुमार नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको जानकारी संसदमा पुगेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संसद सचिवालयलाई पत्राचार गरेर सांसद नेपालविरूद्धको भ्रष्टाचार मुद्दा अदालतमा दर्ता भएको जानकारी दिएको हो।

सांसदविरूद्ध मुद्दा दर्ता भएपछि मुद्दा लैजाने निकालयले संघीय संसद सचिवालयलाई जानकारी दिनुपर्छ।

संसद सचिवालयले मुद्दा दर्ता भएको सूचना प्राप्त गरेपछि सम्बन्धित सांसदको पद स्वतः निलम्बित हुन्छ।

नेपालको पनि सांसद पद स्वतः निलम्बित भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित