Skip to main content

Khabar Samachar

Search
Close this search box.

दाङमा बस दुर्घटना, दुइ दर्जन जनाभन्दा घाइते

201
VIEWS

दाङमा बस दुर्घटना, दुइ दर्जन जनाभन्दा घाइते भएका छन्। आइतबार बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका- १३ बखरियामा ना १ ख ४००९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

दंगीशरणको गोलटाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको बस बखरिया ओरालोमा सडकबाट झण्डै पाँच मिटर तल खसेर दुर्घटना भएको हो।

घाइतेलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। ‘घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको घटनास्थलमा रहेका प्रहरीले जानकारी दिएका छन्,’ डीएसपी शाहले जानकारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित