अनेरास्ववियुको अध्यक्षमा सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि असन्तुष्टहरुले नाराबाजी गरेका छन् ।
कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दावी गरेका छन् । तर एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरियालाई हुँदा अध्यक्ष मण्डलबाट उनकै नाम प्रस्ताव गरिएको छ ।
अनेरास्ववियु अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरिएको छ।
उक्त नाम मंगलबारको बन्द सत्रको हलमा प्रस्ताव गरिएको हो।
उनीहरूको नाम प्रस्ताव गरेलगत्तै असन्तुष्टहरूले भने केहीबेर नाराबाजी गरेका थिए। असन्तुष्टहरूले निर्वाचनमा जानुपर्छ भनिरहेको भए पनि अध्यक्ष मण्डलले भने सहमतिको प्रयास भइरहेको बताएको छ।






























Discussion about this post