जनता समाजवादी पार्टी, नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।
पार्टी कार्यालय बालकुमारीमा असार ७ र ८ गते बसेको केन्द्रीय समिति बैठकले सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरी निर्णय गर्न संघीय संसदीय दललाई निर्देशन दिएको छ।
‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ बैठकपछि प्रवक्ता मनिष सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
Discussion about this post