Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नेपाल फर्केनन् – सोबिता गौतम

201
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रमको बहानामा गएका मानिसहरू नफर्किएको बताएकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्नेलगायतका समाचारहरू पनि आइरहेका छन्। व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय गम्भीर हो।’

प्रधानमन्त्री ओली सहभागी स्पेनको कार्यक्रम जाने बहानामा को-को गएका थिए र उनीहरू को-को स्वदेश फर्किएनन् भन्ने थप विवरण भने उनले खुलाएकी थिइनन्।

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित