रसुवागढी जलविद्युत आयोजनाका २३ जना कामदारको उद्धार भएको छ। नेपाली सेनाले हेलिकप्टरमार्फत २३ जनालाई सुरक्षित स्थानमा सारिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कामदारहरू गोसाइकुण्ड गाउँपालिका-२ स्थित उक्त आयोजनामा फसेका थिए। नेपाली सेनाले प्रहरी, सशस्त्र प्रहरी र स्थानीयसँगको सहकार्यमा उद्धार गरेको हो।नेपाली सेनाको धादिङस्थित नं.६ बाहिनी अड्डाबाट गल्छी हुँदै त्रिशूलीतर्फ र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुबेँसी इलाकातर्फ बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी सुरू गरेको छ। अहिले १८ जना बेपत्ता छन्। तीन जना प्रहरी, ६ जना चिनियाँ नागरिक र बाँकी नेपाली नागरिक बेपत्ता छन्।























Discussion about this post